गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त

    मा प्रकाशित

गण्डकी, भदौ २६ ।

गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त हुनुभएको छ । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।

अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गर्नुभएको डा अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गर्नुभएको छ । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार डा अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्