एमसिसी परियोजना संशोधन सहित पारित गर्नुपर्छ : एमाले – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

एमसिसी परियोजना संशोधन सहित पारित गर्नुपर्छ : एमाले

    मा प्रकाशित

भदौ २६, काठमाडौँ ।
नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको संशोधन सहित एमसिसीलाई अगाडि बढाउने सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

स्थायी समिति बैठक पछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकारहरुसंग कुरा गर्दै भट्टराईले एमसिसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको तर एमसिसीमा भएका कतिपय व्याख्याहरुलाई पुनव्र्याख्या गर्नुपर्ने सर्त भने रहेको बताउनुभयो ।

एमसीसीलाई अझै बढी राष्ट्रिय हित अनुकूल बनाउनुपर्ने रहेको र यी सबै कुरामा आवश्यक संशोधन गरेर एमसिसी अगाडि बढाउने भन्ने बारेमा निर्णय भएको उहाँको भनाइ छ । तत्कालीन नेकपाको तीन सदस्यीय कार्यदलको निर्णयमा नै अहिलेको एमाले अडिग रहेको छ । यस्तै एमाले सचिव भट्टराईले १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको पनि बताउनुभयो ।

स्थायी र केन्द्रीय कमिटीले कार्यान्वयन गरिसकेको १० बुँदे सहमतिका आधारमा भूगोलका कतिपय जिल्लाहरू पनि पुनर्गठित भइसकेको उहाँको भनाइ थियो । अधिकांश जिल्लाहरूमा पुरानै कमिटी बैठक भइसकेको र कतिपय स्थानमा हुन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्