एमसिसी सम्झौतालाई चाँडो अनुमोदन गरौँ : उपाध्यक्ष फातिमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

एमसिसी सम्झौतालाई चाँडो अनुमोदन गरौँ : उपाध्यक्ष फातिमा

    मा प्रकाशित

भदौ २६, काठमाडौँ ।
अर्थमन्त्री जनार्दन शर्मा र एमसिसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच आज भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटका क्रममा उपाध्यक्ष सुमारले एमसिसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको छ । जवाफमा अर्थमन्त्री शर्माले एससिसीबारे राजनीतिकस्तरमा छलफल भइरहेको बताउनुभयो ।

एमसिसी उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा सहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका नेता डा.बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ऊर्जा मन्त्री पम्फा भुषाललगायत सँग भेटवार्ता गरिसक्नुभएको छ ।

औपचारिक रुपमा नेपाल भ्रमणमा आएको यो टोलीले सबै राजनितिक दलसंग एमसीसीबारेमा परामर्स र बिचार लिने छ । एमसीसी पारित हुनमा ढिलाइ भएको तथा सबै राजनितिक दलहरुबीचमा सहमति नभएपछि एमसीसी नेतृत्वको टोली आफै नेपाल आएको हो ।

टोलीले सबैलाइ भेटेर एमसीसी पारित गरि कार्यान्वयन गर्न आग्रह गरेको छ । तर सत्ता पक्षिय दलहरुका बीचमा एक मत नभए सम्म एमसीसी कार्यान्वयनका लागि दबाब नदिने बरु फिर्ता लैजाने तयारीमा एमसीसी रहेको बुझिएको छ ।

यसैबीच, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको विरोधमा आज काठमाडौंमा प्रदर्शन भएको छ । भाडावाल सरोकार समाज लगायतका विभिन्न संस्थाको अगुवाइमा एक समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्