दाङमा जीपको ठक्करबाट घाइते खड्काको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा जीपको ठक्करबाट घाइते खड्काको मृत्यु

    मा प्रकाशित

२६ भदौ, दाङ /
दाङको शान्तिनगर गाउँपालिकामा जीप र मोटरसाइकल ठोक्किदा गम्भीर घाइते सोही गाउँपालिका वडा नम्बर २ बाघरमारेका ४८ वर्षिय रुद्रबहादुर खड्काको मृत्यु भएको छ । खड्काको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।

उहाँसँग घाइते हुनुभएका सोही ठाउँकै ६७ लालबहादुर वलीको भने उपचार भइरहेको छ। शनिबार विहान साढे ८ बजे बाघमारे देखि तीलवारी जाँदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाइकललाई बाटो पारगर्ने क्रममा हापुरेदेखि तुलसीपुर तर्फ आउदै गरेको रा १ ज ८०५ नम्बरको जीपले शान्तिनगर ७ खैरेनीमा ठक्कर दिँदा खड्का गम्भिर घाइते हुनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्