आज संसद बैठक बस्दै : एमाले विरोध गर्ने तयारीमा – Kanika Khabar
Thursday, November 30Nepali News Portal

आज संसद बैठक बस्दै : एमाले विरोध गर्ने तयारीमा

    मा प्रकाशित

भदौ २७, दाङ ।
आज पनि संसद बैठक बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।

तर आजको बैठकमा पनि अवरोध र नाराबाजी गर्ने प्रतिपक्ष एमालेको तयारी छ । आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ । सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले आन्दोलित छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन सहयोगी बनेको आरोप उक्त पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् । पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको छ ।

शुक्रवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट पास गरेको थियो ।

यस्तो छ कार्यसूचि

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संसदको सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ५ वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्