आज थारु समुदायमा अट्वारी पर्व मनाइदै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आज थारु समुदायमा अट्वारी पर्व मनाइदै

    मा प्रकाशित

विवेक खड्का
भदौ २७,दाङ ।

दाङमा थारु समुदायले धुमधामका साथ आज अट्वारी पर्व मनाउदै छन् । हरेक बर्षको अष्टमी पछि चन्द्रमा देखिने बिक्तिकै मनाउने परम्परा अनुसार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो ।  अट्वारी पर्व दाङ सहित थारु समुदायको बसोबास रहेका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपरमा मनाईन्छ ।

खासगरी थारु समुदायका  पुरुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् । आजको दिन पानी समेत नखाएर (निर्जला) ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृष्ण जन्माअष्टमीको आठ दिन पछि आउने दिनलाई मनाउने प्रचलन थारु समुदायमा रहेको छ ।  यो पर्व सूर्य अर्थात शक्तिको उपासनाको लागि गर्ने गरिएको थारु अगुवा लक्ष्मीमान चौधरी वताउनु हुन्छ । किम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसंग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको चौधरीको मत रहेको छ । थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उहाँको तर्क छ ।

थारु समुदायमा अट्वारी पर्वको रमझम - NewsCenterNepal.com

थारु अगुवा लक्ष्मीमानका अनुसार अट्वारी पर्वको पहिलो रात दर खाने नाममा भात, माछा, चोखो तरीकाले पाइन्छ र भाले नवास्दै उठेर दर खाने प्रचलन रहेको छ । त्यस पछि दोस्रो दिन पुरुषहरु व्रत बस्दछन । दिउँसो पुरुष व्रतालुहरु नुहाएर चामलको पिठोको ठोप्वा गोलो आकारमा रोटी पकाउँछन् । साँझ सवै व्रतालुहरु गोवरले लिपेको ठाँउमा वस्छन । टपरीमा रोटी, काँक्रो केरा लगायत अन्य फलफुल दही ध्यू राखिन्छ । व्रतालुहरुले आ आफ्नो टपरीबाट अर्को दुना टपरीमा खाने कुरा अलिअलि निकाल्छन् । यसरी खानु भन्दा पहिला निकालेको खाने कुरालाई अग्रासन भन्ने गरिन्छ ।

अट्वारीको दोस्रो दिन विहानै नुहाएर व्रतालुहरुले खाना पाउँछन । खानाका लागि तीन पाँच वा सात प्रकारका (बिजोर) तरकारी पकाइन्छ । खाना पाइसकेपछी सवै व्रतालुहरु लिपेरको चोखो ठाउँमा वस्छन । आ आफ्नो टपरी र वौतावाट खाना झिकेर अग्रनीलाई चढाउँछन् । जल आनमन गर्छन्  र छुट्टै दुनाटपरीमा केही अंश छुट्याएर राख्छन् । त्यस पछि आफु खान्छन् । आफुले खाने खान साहाकारी भए पनि दिदी वहिनीलाई भने माछा मासु पकाएर दिने चलन यो समुदायमा छ ।

आधुनिकिरणमा थारु संस्कृति 

थारुहरुको चाड पर्व आधुनिकीकरण सँगै विस्तारै हराउँदै गएको थारु अगुवाहरु वताउँछन । अट्टवारी केही थारु तीज अगावै मनाउँछन भने केही थारु तीज पछि मनाउँदै आएका छन् । थारु अगुवा लक्ष्मीमान चौधरीका अनुसार कुनै ठाउँमा भने यी पर्व मनाउनै छोडेको पाइन्छ । परापूर्व कालदेखी नै  अट्टवारी कहिले मनाएका हुन् भन्ने जानकारी नभएकोले अव कतिपय थारुहरुले भाद्र महिनाको शुक्ल पक्ष अगावै मनाउँदै आएका छन, उहाँले भन्नुभयो । केही थारुहरुले जहिले मनाए पनि हन्छ भन्ने धारणा राख्नाले अघी पछी पर्न गएको हो । तर थारु संस्कृतिलाई जर्गेना गर्नु पर्ने मत पछिल्लो पुस्तामा भने वढ्दै गएको पाइन्छ ।

थारु समुदायलाई सार्वजनिक विदा

नेपाल सरकारले थारुहरुको पर्व अट्वारीका अवसरमा दाङ सहितका जिल्लाहरुमा सम्वन्धीतहरुलाइ सार्वजनिक विदा दिएको छ । थारु बहुल्यता रहेका क्षेत्रहरु दाङ,बाँके,बर्दिया, कैलाली र कन्चनपुरमा थारु समुदायका मानिसहरुलाई सार्वजनिक विदा दिइएको हो । थारु समुदायको बाहुल्यता भएको स्थानमा स्थानीय निकायले सार्वजनिक विदा दिएका छन् । अन्य समुदायको हकमा भने विदा प्रदान गरिएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्