एमाले संसदीय दलको बैठक आज बस्दै, स्थायी कमिटी बैठक पनि जारी रहने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एमाले संसदीय दलको बैठक आज बस्दै, स्थायी कमिटी बैठक पनि जारी रहने

    मा प्रकाशित

भदौ २७, दाङ ।
नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक सवा १२ बजे लोहत्से हलमा बस्ने छ । पार्टीका प्रमुख सचेत विशाल भट्टराईले संसदमा कसरी प्रस्तुत हुने मुख्य एजेन्डाका साथ संसदीय दलको बैठक बस्न लागेको जानकारी दिनुभयो ।

उहाँले सभामुखले प्रतिपक्षसँग कुनै पनि समन्वय र छलफल नै नगरी बैठक अगाडि बढाएको र आफूहरूले उठाएका मागको बारेमा जवाफ नदिएसम्म बैठक चल्न नदिने पनि बताउनुभयो । उहाँले एमालेको स्थायी कमिटी बैठक आज पनि जारी रहने जानकारी दिनुभयो । बैठकमा विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुने भट्टराईले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्