विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड नाघ्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड नाघ्यो

    मा प्रकाशित

विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ३३ हजार ९ सय ६१ जना स्वस्थ भएका छन् ।

योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड १५ लाख ८६ हजार ६ सय ७७ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर ४ लाख ४४ हजार ३ सय ३४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

गत २४ घन्टामा थपिएका नयाँ सङ्क्रमितमा अमेरिकामा ७१ हजार २ सय ४९, भारतमा ३१ हजार २ सय ११, बेलायतमा २९ हजार ५ सय ४७ जना रहेका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २२ करोड ५ लाख ६२ हजार २ सय ९७ पुगेको छ ।

गत २४ घन्टामा विश्वभर ७ हजार ५ सय ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४६ लाख ३७ हजार ४ सय ७२ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्