नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

    मा प्रकाशित

भदौ २७, दाङ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग आज साँझ ५ बजे प्रतिस्पर्धा गर्नेछ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ।छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।

नेपाल र फिलिपिन्सबीचको खेल असोज २ मा हुनेछ।यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल असोज ५ मा हुनेछ।समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्