एमा रादुकानुलाई युएस ओपन टेनिसमा महिला एकलतर्फको उपाधि – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एमा रादुकानुलाई युएस ओपन टेनिसमा महिला एकलतर्फको उपाधि

    मा प्रकाशित

भदौ २७, दाङ ।
बेलायतका १८ वर्षका किशोरी एमा रादुकानुले युएस ओपन टेनिसमा महिला एकल तर्फको उपाधि जित्नुभएको छ । आज बिहान भएको खेलमा क्यानडियन किशोरी लेइला फेर्नान्डेजलाई पराजित गर्दै रादुकानुले पहिलो ग्राण्डसलाम उपाधि जित्नुभएको हो ।

गत सोमबार १९ वर्ष लागेकी लेइलालाई एमाले ६–४ र ६–३ को सेटमा पराजित गर्नुभयो । जितसँगै एमा, सन् २००४ यता ग्राण्डसलाम जित्ने सबैभन्दा कम उमेरकी खेलाडी बन्नुभएको छ । यस्तै उहाँ पछिल्लो ४४ वर्षमा महिला तर्फ ग्राण्डसलाम उपाधि जित्ने पहिलो बेलायती खेलाडी बन्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्