दाङमा भोलिदेखि शिक्षालय सञ्चालनमा आउँदै, स्मार्ट लकडाउनको आधारमा स्थानीय तहलाई शिक्षालय सञ्चालनमा अनुमति दिने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङमा भोलिदेखि शिक्षालय सञ्चालनमा आउँदै, स्मार्ट लकडाउनको आधारमा स्थानीय तहलाई शिक्षालय सञ्चालनमा अनुमति दिने

    मा प्रकाशित

भदौ २७, दाङ ।
दाङमा भोलि सोमबारदेखि शिक्षालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत बैशाख १७ गतेदखि बन्द भएका शिक्षालय भोलिदेखि खुल्ने भएका हुन् ।
जिल्लामा कोरोना सङ्क्रमण न्यून हुँदै जाँदा शिक्षालय सञ्चालन गर्ने तयारी गरिएको हो । स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयार गरी सम्बन्धित कार्यपालिकामा सिफारिसका लागि पेस गरेका थिए । कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डिसिएमसीमा अनुमोदनका लागि पेस गरेका छन् ।

विद्यालय कुन मोडलमा सञ्चालनमा ल्याउने भन्ने सन्दर्भमा शिक्षा महाशाखा र कार्यपालिकाको बैठकले डिसिएमसीमा विकल्पसहित पेस गरेका हुन् । आज बस्ने डिसिएमसीको बैठकले कार्यपालिकाको सिफारिसलाई अनुमोदन गर्ने छ र विद्यालय सञ्चालनका लागि स्थानीय तहलाई जिम्मा दिनेछ । कार्यपालिकाले पेस गरेको सिफारिस आजको बैठकमा अनुमोदन हुने दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कनिका खबरसँगको संवादमा बताए । उनले भने, ‘डिसिएमसीको आजको बैठकले विद्यालय सञ्चालनका लागि कार्यपालिकाले पेस गरेको सिफारिस अनुमोदन गर्नेछ । स्थानीय निकायले कुन मोडलमा विद्यालय सञ्चालन गर्नु भन्ने सन्दर्भमा निर्णय गर्नेछन् । स्मार्ट लकडाउन निर्देशिका २०७८ अनुसार स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याउनेछन् ।’                                                                    अब विद्यालय कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भमा स्थानीय निकायले नै निर्णय गर्नेछन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्