प्रतिनिधिसभाको बैठक भदौ २९ गते सम्मका लागि स्थगित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रतिनिधिसभाको बैठक भदौ २९ गते सम्मका लागि स्थगित

    मा प्रकाशित

भदौ २७, दाङ ।
प्रतिनिधिसभाको बैठक भदौ २९ गते सम्मका लागि स्थगित भएको छ । आजको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गर्नुभएको हो । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गरेको हो ।

 

आज प्रतिनिधिसभाको दुई पटक बसेको बैठक दुबै पटक एमाले सांसदको नाराबाजीका कारण अवरुद्ध भयो । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए ।

 

सभामुख सापकोटाले एमालेलाई संवाद मार्फत समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । उहाँले एमालेको नाराबाजीका कारण संसदमा जनचासोको विषय राख्न पाउने अरु सांसदको हक हनन भएको भन्दै पटक पटक संसद चलाउन दिन आग्रह गर्नुभएको थियो । तर एमाले सांसदले लगातार नाराबाजी गरेपछि सापकोटाले दुई दिनका लागि बैठक स्थगित गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्