एमाले सांसद्हरू पाण्डे र भट्टलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

एमाले सांसद्हरू पाण्डे र भट्टलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश

    मा प्रकाशित

भदौ २७, दाङ ।
सर्वोच्च अदालतले एमाले सांसद्हरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कारबाही नगर्न आदेश दिएको छ । दुवै जनाले सर्वोच्च अदालतमा निवेदन दिएर आफूहरूले एमाले त्यागेर नेकपा एकीकृत समाजवादी दल रोज्न पाउनुपर्ने माग गरेका थिए ।

 

सरकारले राजनीतिक दल विभाजन गर्न आवश्यक पर्ने सांसद् वा केन्द्रीय सदस्यको संख्या घटाएर अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एस बनेको छ । सुरुमा निर्वाचन आयोगमा दल विभाजन सम्बन्धी निवेदन दिन छुटेका पाण्डे र भट्टले सनाखत गर्ने समयमा आयोग पुगेर आफूहरूले पनि नयाँ पार्टीमा आबद्ध हुन पाउनुपर्ने माग गरेका थिए । तर, निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेपछि उनीहरू सर्वोच्च अदालत पुगेका हुन् ।

 

आज सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेका छन् । न्यायाधीश खड्काले भदौ २९ गतेसम्मलाई उनीहरूमाथि कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिनुभएको छ । र उक्त दिन दुवै पक्षलाई छलफलमा बोलाउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्