बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले – Kanika Khabar
Friday, April 19Nepali News Portal

बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले

    मा प्रकाशित

बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनी पछि आजदेखि विद्यालय खुलेका हुन् ।

 

विद्यालयमाआज विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापेर भित्र पठाएको थियो । आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको थियो ।

 

लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अङ्कमाल गर्दै खुशी साटासाट गर्दै गरेका थिए । कोरोना भाइरसको सङ्क्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्