दुग्ध किसानलाई ‘प्रदेश सरकारको चिलिङ भ्याट र एनेलाइजर मेसिन’ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दुग्ध किसानलाई ‘प्रदेश सरकारको चिलिङ भ्याट र एनेलाइजर मेसिन’

    मा प्रकाशित

शिवु खनाल
दाङ, २८ भदौ ।
दाङको राजपुर गाउँपालिकाको दुधले दाङमा माग हुने दुधको मागलाई धान्न सक्ने क्षमता राख्छ । दुध उत्पादनको हिसावले राजपुर गाउँपालिका अग्र स्थानमा भएपनि किसानले दुधको बजार नपाउँदा न्युन मुल्यमा बिक्री गर्नु परेको गुनासो गर्न थालेका छन् । जहाँ दुध उत्पादन हुन्छ । त्यहाँ ठूलो बजार छैन । राजपुरमा उत्पादन भएको दुध दाङको लमही, भालुवाङ, घोराही र तुलसीपुर क्षेत्रमा पुग्छ । तरपनि किसानले न्युन मुल्यमा दुध विक्री गर्नु परेको किसानको गुनासो छ । राजपुर गाउँपालिका वडा नम्बर ५ चङगुवाका रामगोपाल यादवले दैनिक आठ देखि १० लिटर सम्म दुध विक्री गर्न सक्नुहुन्छ तर बेलुकाको दुध विक्री हुन सक्दैन । विहान पनि ३० देखी ४० रुपियाँ प्रति लिटरको दरले बिक्री गर्छु, बेलुकाको दुध बिक्री हुँदैन,उहाँले भन्नुभयो । राजपुर गाउँपालिकालाई लुम्बिनी प्रदेश सरकारले भैंसी स्रोत केन्द्रको रुपमा घोषणा गरेको छ । सरकारबाट दुग्ध उत्पादन बढाउने गरी विभिन्न कार्यक्रमहरु पनि लागु भएका छन् । अहिले दुध उत्पादन बढेपनि बिक्री गर्न मै समस्या हुन थालेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ५ जङहवाका चेतराम यादवले बजारीकरणमा सघाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । हामी दुध उत्पादन गर्न र दुध बढाउनको लागि करिव करिव सक्षम भएका छौ, अब बजारीकरणको लागि पनि सरकारले सघाउनुपर्छ, उहाँले भन्नुभयो । राजपुर गाउँपालिका दुधको स्रोतनै हो तरपनि गाउँपालिकामा कति दुध उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ छैन । स्थानिय अगुवा कृषकहरुका अनुसार पालिकामा दैनिक तीनहजार लिटर भन्दा बढी दुध उत्पादन भइरहेको दावि गर्छन् । पछिल्लो समय दुध उत्पादन बढाउनको लागि उन्नतजातका गाइ भैंसी पाल्न थालेका कारण उत्पादन बढ्ने किसानहरु बताउँछन । स्थानीय सरकारले पालिकालाई दुग्ध उत्पादनको हिसावले पकेट क्षेत्रको रुपमा लिएर विस्तारै बजारीकरणमा सघाउने कार्यक्रम ल्याउने योजना रहेको बताउँछ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले दुग्धजन्य पदार्थको उपभोग बढाउने र बजार विस्तार गर्नको आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट दुध संकलन गर्ने चिस्यान केन्द्र स्थापना गर्न मेसिन हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशकी साँसद दामा शर्माले प्रदेश सरकारबाट किसान मैत्री कार्यक्रम ल्याउन जानकारी दिदै दुधको बजारीकरणमा समेत प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भैंसी स्रोत केन्द्र घोषणा गरेर दुधको उत्पादन बढाउने काम भएको छ, अब बजारको समस्या हुन थाल्यो भन्ने आएको छ, यसमा पनि प्रदेश सरकारले सघाउँछ, उहाँले भन्नुभयो ।
चिलिङ भ्याट वितरण
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम लुम्बिनी प्रदेश अन्तरगर्त राजपुर गाउँपालिकामा वडा नम्बर ५ चङगुवामा चिलीङ भ्याट र एनेलाइजर मेसिन किसानलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका विच उक्त सामान हस्तान्तरण गरिएको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता भएको कार्यक्रममा ५ लाख बराबरको सामान हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिति प्रदेश साँसद शर्माले मुख्यमन्त्री ग्रामणि विकास कार्यक्रमबाट उपलब्धी मुलक कार्यक्रम कम भएको पाइएकाले यसलाई परीमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । जनताले अनुभव गर्ने गरी परीवर्तन आवश्यक छ । यस कार्यक्रमबाट यस क्षेत्रमा केही सकरात्मक पक्ष रहेपनि अन्य क्षेत्रमा उपलव्धी मुलक पाइएको छैन यसलाई परीवर्तन गरेर साँच्चै लक्षित बर्ग कहाँ कार्यक्रम लग्ने योजना रहेको उहाँको भनाइ थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्