काँग्रेसको पौडेल पक्षको केन्द्रीय सदस्यहरूको बैठक – Kanika Khabar
Friday, March 29Nepali News Portal

काँग्रेसको पौडेल पक्षको केन्द्रीय सदस्यहरूको बैठक

    मा प्रकाशित

भदौ २८, दाङ ।
पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको आरोप लगाउँदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको छ ।

आगामी महाधिवेशन र पार्टीभित्रको गुटगत राजनीतिका बारेमा बैठकमा छलफल हुने भनिएको छ । आज दिउँसो २ बजे पार्टी कार्यालय ललितपुर सानेपामा बैठक बस्ने नेताहरूले बताएका छन् ।

काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जिल्लाको क्रियाशील सदस्यतामा केन्द्रले धाँधली गरेको आरोप लगाउँदै आउनुभएको छ भने पौडेल पक्षले पनि विरोध गर्दै आएको छ ।

प्रक्रियागत रुपमा सिफारिस भएका ४६० जना क्रियाशील सदस्यताको सूची केन्द्रले काटेको र जिल्लाले नपठाएको ३१२ जनाको नाम केन्द्रले जबरजस्ती थपेर अधिवेशन गराएको आरोप लाग्दै आएको छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिले पनि विवाद नटुङ्ग्याइ डडेल्धुराको वडा अधिवेशन नगर्न देउवालाई पत्र पठाउनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्