वैदेशिक रोजगार विभागले इजरायली भाषा परीक्षा आज लिँदै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

वैदेशिक रोजगार विभागले इजरायली भाषा परीक्षा आज लिँदै

    मा प्रकाशित

भदौ २८, काठमाडौँ ।
वैदेशीक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको भाषा परिक्षा आजलिँदैछ । भौतिक उपस्थितिमै दिउँसो १ बजे काठमाडौँ उपत्यकाका १६ केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ ।
इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । उनीहरू मध्येबाट आवेदन प्रमाणित भएका ७ हजार ९ जना परीक्षामा सहभागी हुँदैछन् । परीक्षाको नतिजा २ दिनभित्र प्रकाशन गरेर १० देखी १२ दिन भित्र अन्तर्वाता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरि इजरायल सरकारलाई उपलब्ध गराउने विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले बताउनुभयो ।

पहिलो चरणमा ७ सय महिला र ३ सय पुरुष गरी एक हजार कामदार इजरायल जाने भएपनि योग्यता पुगेका १ हजार ४ सयको सूची इजरायल सरकारलाई उपलब्ध गराउनेछ । इजरायल सरकारले १ हजार कामदारछनोट गरि विभागलाई उम्मेदवारको करारनामामा हस्ताक्षर सहित पठाउनेछ र विभागले सम्झौता गराइ दूतावासमा पठाउनेछ ।सम्झौता भएको ३० दिनभित्र श्रमिक इजरायल गइसक्नुपर्ने प्रावधान छ । इजरायल जान १लाख ६५ हजार खर्च लाग्छ भने उनीहरुले मासिक १ हजार ६ सय डलर पारिश्रमिक पाउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्