डेढ लाख बढीको चेक हस्तान्तरण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

डेढ लाख बढीको चेक हस्तान्तरण

    मा प्रकाशित

दाङ, २८ भदौ ।

घोराहीमा एक घरधनीले घरमा ग्यास पड्किएर भएको क्षतिबापतको रकम पाएका छन् । घोराही उपमहानगरपालिका–१५ मा रहेको गौरादेवी सप्लायर्सबाट किनेको ग्यास सिलिण्डर पड्किएर भएको क्षति बापतको रकमको चेक सम्बन्धित व्यक्तिले आइतवार प्राप्त गरेका हुन् ।

घोराही–१५ भरतपुर निवासी सुनिता पौडेललाई बीमा कम्पनीबाट प्राप्त रकम भेरी ग्यास उद्योग नेपालगञ्जले पठाएको १ लाख ६६ हजार ५ सय रुपैयाँको चेक गौरादेवी सप्लायर्सका प्रोपाइटर गोविन्दप्रसाद रेग्मीले हस्तान्तरण गरेका हुन् । गतबर्षको कार्तिक २८ गते घरमा तिहारका लागि रोटी पकाउने क्रममा ग्यास लिक हुँदा सिलिण्डर पड्किँदा घरमा क्षति पुगेको थियो ।

उक्त क्षतिबापतको रकम बीमा कम्पनीमार्फत उद्योगले पीडित पक्षलाई १० महिनापछि पठाएको रकमको चेक सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको गौरादेवी सप्लायर्सका प्रोपाइटर रेग्मीले बताए । रेग्मीले ग्यास पड्किँदा घरमा हुने क्षतिबापतको रकम सम्बन्धित व्यक्तिले पाउने भएकाले ग्राहकहरुले ग्यास सिलिण्डर किन्दा आधिकारिक डिलरबाट मात्र खरिद गर्न आग्रह गरे ।

‘ग्यास सिलिण्डर सुविधाका लागि भए पनि यो जोखिमपूर्ण पनि हुन्छ’, उनले भने– ‘त्यसैले ग्राहकहरुले ग्यास सिलिण्डर किन्दा आधिकारिक डिलरबाट मात्रै गर्नुपर्छ ।’ त्यस्तै चेक बुझ्दै घोराही–१५ भरतपुर निवासी सुनिता पौडेलले ढिलै भए पनि क्षतिपूर्तिवापतको रकम पाउँदा खुशी लागेको बताइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्