राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ नोट वितरण गर्ने – Kanika Khabar
Friday, March 29Nepali News Portal

राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ नोट वितरण गर्ने

    मा प्रकाशित

भदौ २८, दाङ ।
नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ नोट असोज ४ गतेबाट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिनुभयो ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्ने उहाँले बताउनुभयो । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको भन्दै उहाँले केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका जानकारी दिनुभयो ।

 

हरेक वर्ष दसैँमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना सङ्क्रमण निकै घटेपछि नयाँ नोट वितरण गर्न लागेको हो । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्