जानकी गाउँपालिका बालविवाहमुक्त घोषणा – Kanika Khabar
Thursday, December 8Nepali News Portal

जानकी गाउँपालिका बालविवाहमुक्त घोषणा

    मा प्रकाशित

भदौ २८, दाङ ।
बाँकेको जानकी गाउँपालिका बाँकेको पहिलो बालविवाहमुक्त पालिका बनेको छ । ६ ओटा वडा रहेको गाउँपालिकाको वडा नम्बर ६ आजबालविवाहमुक्त वडा घोषणा गरिएसँगै जानकी गाउँपालिकाका बालविवाहमुक्त घोषणा भएको हो । बालविवाहमुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमै पहिलो पटक जानकी गाउँपालिकाका सबै वडा बालविवाहमुक्त घोषणा भएको बताउनुभयो ।

उहाँले समाज परिवर्तनको लागि सबैको भूमिका महत्वपूर्ण रहेकोले समाजमा रहेका हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि स्थानीय सरकार सजक हुनुपर्नेमा जोड दिनुभयो । बाँकेमा बालविवाह विरुद्धको अभियानमा सहकार्य गर्दै आएको सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेका अध्यक्ष शिवलाल पाण्डे बाँकेका आठवटै गाउँपालिकामा तीन वर्षदेखि बालविवाह विरुद्धको अभियान सञ्चालन गरेको बताउनुभयो । बालविवाहमुक्त वडा घोषणापछि पनि बालविवाह विरुद्धको अभियान र गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले वाषिक सर्भे गरेर बालविवाहलाई शून्यमा झार्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्