महिलाहरूको शिक्षाका लागि तालिबानको नयाँ नियमः पुरुषसँग बसेर पढ्न नपाइने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महिलाहरूको शिक्षाका लागि तालिबानको नयाँ नियमः पुरुषसँग बसेर पढ्न नपाइने

    मा प्रकाशित

भदौ २८, दाङ ।
तालिबानले महिला विद्यार्थीका लागि नयाँ नियमको घोषणा गरेको छ । नयाँ नियमअनुसार महिला र पुरुष सँगसँगै बसेर पढ्न नपाउने भएका छन् । तालिबानले विश्वविद्यालयलाई लिङ्गको आधारमाविभाजन गरिने र पोषाक सम्बन्धी नयाँ नियम लागु गरिने बताएको छ ।

अफगानिस्तानका उच्च शिक्षा मन्त्री अब्दु लबाकी हक्कानीले महिलालाई पनि अध्ययन गर्न अनुमति दिने सङ्केत गर्नुभयो । तर, नयाँ नियमका साथमात्रै उनीहरूले अध्ययन गर्न पाउने भएका छन् ।

उहाँले विद्यार्थीलाई अध्यापन गरिने विषयहरूको बारेमा समिक्षा गरिने पनि घोषणा गर्नुभयो । तालिबानले पहिलो पटक १९९६ देखि २००१ सम्म सत्ता सम्हाल्दा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको तालिबान यसपटक भने केही नरम देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्