वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा – Kanika Khabar
Thursday, December 1Nepali News Portal

वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

    मा प्रकाशित

काठमाडौं, भदौ २९ ।
नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।

आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाउनुभएको थियो । उहाँले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गर्नुभएको थियो भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको नेकपा ९एकीकृत समाजवादी० वाग्मती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिनुभयो । संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्