‘श्रमको मुल्य नपाउँदा जीवन धान्न मुस्किल’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

‘श्रमको मुल्य नपाउँदा जीवन धान्न मुस्किल’

    मा प्रकाशित

शिवु खनाल
दाङ, २९भदौ
पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दाङमा आरन पेशा लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेशा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको छ ।

 

अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाहरुले सो पेशालाई छाडदै गएको राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी घरेलु कृषि औजार तथा ग्रिल उद्योगका संचालक सुकलाल विश्वकर्माले बताउनुभयो । युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ, उहाँले भन्नुभयो,—। ‘२०४९/०५१ सालमा सोमय प्रा।विमा तीनवर्ष शिक्षण पेशामा आवद्व भइ अहिले गाउँमा म मात्र यो पेसा एक्लै धान्दै आएको छु । शिक्षक पेशा गर्थे, थाइ नभएपछि आफ्नै पेशामा फर्किए । दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन, तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग भएमा सहज हुन्थ्यो ।’

 

नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको उहाँले बताउनुभयो । राज्यले अरु पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उहाँको भनाइ थियो । एक पाथी अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको बताउदँै, सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेसामा भने परिवर्तन हुन नसकेको उहाँले भन्नुभयो । आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेसा ओझेलमा पर्न थालेको बताइन्छ ।

 

खुकुरी, दाबु, गरासि, चुलेसि, बसुलो, बञ्चरो, फरूवा, खर्पा, हसिया लगायत घरेलु हतियार उत्पादन गर्दै आएको उहाँले बताउनभयो । उहाँका अनुसार दिनका तिनवटा सम्म घरेलुु हतियार उत्पादन गर्दै आएको जानकारी दिदैँ, खर्च कटाएर मासिक पचास हजार आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले सबै खचै कटाएर मासिक पचास देखि साठी हजारको रुपैँया बचत गर्दै आएको जानकारी दिनुभयो ।

मेशिन खरिदको लागि पचास हजार सहयोग
उद्योगमा दाब सिलाउने मेशिन नहुँदा वर्षौ देखि दुःख कष्ट खेप्दै घोराही र लमही जानुपर्ने बाध्यता अन्त्य भएको घरेलु कृषि औजार तथा ग्रिल उद्योगका संचालक सुकलाल विश्वकर्माले बताउनुभयो । विश्वकर्माको उद्योगमै हतियारका दाबा सिलाउने सपना पुरा भएको छ । दाब सिलाउने मेशिन खरिदको लागि मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम राजपुर गाउँपालिकाले पचास हजार अनुदान उपलब्ध गराएको कार्यक्रमको संयोजक गिरिराज भट्टले बताउनुभयो ।

 

कृषि औजार निर्माण गर्ने आरन पेशा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको थियो । मेशिन खरिद गरि थप पेशालाई प्रर्वद्धन गर्नको लागि अनुदान सहयोग गरिएको हो, संयोजक भट्टले भन्नुभयो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम राजपुर गाउँपालिकाले गरेको आर्थिक सहयोगबाट नयाँ मेशिन खरिद गरि उद्योगमै दाब सिलाउदैँ आएको भन्दै विश्वकर्माले खुसि व्यक्त गर्नुभयो । उहाँले उद्योगमै दाब सिलाउने मेशिन झारेपछि दाब सिलाउन भ्याइ नभ्याई छ । उद्योगबाट उहाँले दुइहजार देखि तीसहजार सम्मको घरेलु हतियार उत्पादन गर्ने गरेको बताउनुभयो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्