प्रतिनिधि सभाको बैठक आज बस्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रतिनिधि सभाको बैठक आज बस्दै

    मा प्रकाशित

भदौ २९, दाङ ।

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । तर आफ्नो माग पूरा नभएसम्म बैठक चल्न नदिने एमालेले अडान लिएको छ ।

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरिएको सूचना सुनाउनुपर्ने माग गर्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

प्रतिपक्षी दलको अवरोधका कारण संसदको काम नै प्रभावित भएपछि गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले हिजो सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । तर बैठकमा एमाले सहभागी नभएपछि आजका लागि बोलाइएको संसद बैठक पनि प्रभावित हुने देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्