त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

    मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोली ओमानसँग आज दिउँसो सवा ४ बजे प्रतिस्पर्धा गर्नेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ । तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

 

घलु टिमले पछिल्लो समय उत्कृष्ट खेलिरहेको छ । ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ । लिग–२ विश्वकप छनोटको एक रुप हो । लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् । लिग–२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । टियु क्रिकेट मैदानमा २०२० को फेब्रवरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । त्यस्तै ९ फेब्रवरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।

हिजो भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्दै जित हात पारेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गयराति सम्पन्न खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा ग¥यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । जितसँगै नेपालले ५ खेलमा ६ अङ्क जोडेको छ । अमेरिकाले १३ खेलमा १२ अङ्क जोडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्