काेराेना अपडेट दाङ : पछिल्लो २४ घण्टामा थप २४ जनामा काेराेना पुष्टि , दाङका ६९ जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

काेराेना अपडेट दाङ : पछिल्लो २४ घण्टामा थप २४ जनामा काेराेना पुष्टि , दाङका ६९ जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

भदाै २९, दाङ ।                                                       पछिल्लो २४ घण्टामा दाङमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनाको पिसिआर परिक्षण गर्दा १५ जना र बिभिन्न स्थानमा ६७ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जना गरि १२ जना पुरुष र १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ११, तुलसीपुरका ९ लमहीका २ र राप्तीका २ जना रहेका छन् । यसैविच आज थप ३ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका २ र तुलसीपुरका एक जना रहेका छन् । दाङमा अहिले कोरोनाका सक्रिय बिरामीको संख्या ६९ रहेको छ । ती मध्य ५५ जना घरमा, ८ जना आईसियूमा र ६ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्