सभामुख अग्नि सापकोटाले फुटाउन षड्यन्त्र गरे : नेकपा अध्यक्ष ओली – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सभामुख अग्नि सापकोटाले फुटाउन षड्यन्त्र गरे : नेकपा अध्यक्ष ओली

    मा प्रकाशित

भदौ २९, झापा ।
नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको बताउनुभएको छ ।

आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले संसद चलाउन नसक्ने समेत बताउनुभयो । सभामुखले निष्पक्षता अपनाउन नसकेपछि पार्टी कार्यकर्ताको रुपमा काम गरेको भन्दै अध्यक्ष ओलीले यसबाट आफुहरुले सभामुखलाइ आस्था गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जनादेशबाट नआएको र परमादेशबाट आएको भन्दै जनादेशबाट अर्को सरकार आउनै नसक्ने भएकाले चुनाव भएपछि सत्तापक्ष आत्तिएको बताउनुभयो । उहाँले ५ गठबन्धनमा आवद्ध पार्टीहरूलाई तीतेपातीको र एमालेलाई सालको रुखको संज्ञा दिँदै तीतेपातीका जति बुट्टा भएपनि सालको रुखलाई उछिन्न नसक्ने दावी गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्