भएन प्रतिस्थापन विधेयक पारित : आज रातिदेखि सरकारी खर्च रोकिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

भएन प्रतिस्थापन विधेयक पारित : आज रातिदेखि सरकारी खर्च रोकिने

    मा प्रकाशित

भदौ ३०, दाङ ।
प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आज रातीदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ ।

अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज राति देखि विद्येयक पारित गर्ने समयावधि सकिँदैछ । तर संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

 

समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । हिजो संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताउनुभयो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले भने बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आउने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताउनुभएको छ । हिजो संसद् भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताउनुभयो ।

 

तर हिजो बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्तावबहुमतले स्वीकृत गरेको छ । सभामुखअग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्तावप्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गर्नु भएको होे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्