राष्ट्रिय सभाको बैठक बस्दै – Kanika Khabar
Thursday, December 1Nepali News Portal

राष्ट्रिय सभाको बैठक बस्दै

    मा प्रकाशित

भदौ ३०, दाङ ।
राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आजको बैठकमा चार वटा विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत हुँदैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्