जानकी गाउँपालिका जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा – Kanika Khabar
Friday, March 29Nepali News Portal

जानकी गाउँपालिका जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा

    मा प्रकाशित

भदौ ३०, दाङ ।
बाँकेको जानकी गाउँपालिका बालविवाह मुक्त गाउँपालिका घोषणा भएको छ । राष्ट्रिय बालदिवसको अवसरमा पारेर हिजो जानकी गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको हो ।

 

हिजो आयोजना गरिएको घोषणा सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धिताललाई प्रदान गर्नुभएको थियो ।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले जिल्लामै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा हुन सफल भएकोमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र साझेदार गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिनुभएको थियो । उहाँले आगामी फागुनसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारीका साथ काम भईरहेको बताउँदै यसलाई सफल बनाउनमा स्थानीय तह र गैरसरकारी सङ्घ संस्थाहरुको भूमिका रहेको उल्लेख गर्नुभयो ।

 

गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जिल्लामै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सकेकोमा खुशी व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिई बाल विवाहलाई शून्यमा झार्न सबै सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो ।बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्