सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा – Kanika Khabar
Friday, April 19Nepali News Portal

सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

    मा प्रकाशित

भदौ ३०, दाङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई उहाँले आह्वान गर्नुभयो ।

जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको बताउनुभयो ।

२०७२ सालको भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब सम्पूर्ण ध्यान गुणस्तरीय शिक्षामै केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री देउवाले नमुना मच्छिन्द्र विद्यालयले दृष्टिविहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्