च्याम्पियन्स लिग फुटबलमा आज ८ वटा खेल हुँदै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

च्याम्पियन्स लिग फुटबलमा आज ८ वटा खेल हुँदै

    मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आजविभिन्न आठ खेलहरु हुँदैछन् ।आज राति रियल मड्रिड, लिभरपुल, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर सिटी, इन्टर मिलान, एट्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन्। रियलले आज राति इन्टर मिलानसँग उसैको मैदानमा खेल्नेछ ।

इन्टर र रियलबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । यस्तै लिभरपुलले इटालियन क्लब एसी मिलानसँग खेल्नेछ । लिभरपुलको मैदानमा हुने खेल राति १२ः४५ बजे सुरु हुनेछ । पीएसजीले क्लब ब्ररुगविरुद्ध उसैको मैदानमा खेल्नेछ ।

दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।म्यानचेस्टर सिटीले जर्मन क्लबआरबी लाइपजिगविरुद्ध खेल्नेछ ।

दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।यस्तै एट्लेटिको मड्रिडले पोर्टोविरुद्ध खेल्दा स्पोर्टिङ सिपिले आयाक्ससँग खेल्नेछ ।डर्टमण्डले बेसिकाट्ससँग तथा डोनेक्ट्सले एफसी शेरिफविरुद्ध खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्