राष्ट्रिय भूमि आयोग गठन : अध्यक्षमा निरौला – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्रिय भूमि आयोग गठन : अध्यक्षमा निरौला

    मा प्रकाशित

भदौ ३०, दाङ ।

सरकारले सुकुम्बासी समस्या समाधान गर्न भन्दै नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । नवनियुक्त अध्यक्ष निरौलाले आज बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरु समाधान गरिने बताए । उनले दलित भूमिहीन र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गरिने बताए । उनले सुकुम्बासीको नाममा धेरै समस्याहरु रहेको भन्दै यी सबै समाधान गरिने बताए ।

ओली सरकारले गठन गरेको भूमि आयोगलाई देउवा सरकारले खारेज गरेको थियो । एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिएको थियो । ज्ञवालीले नेतृत्वको आयोगले ७७ जिल्लामा काम सुरु गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्