आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता

    मा प्रकाशित

भदौ ३१, दाङ ।
आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ मनाइँदै छ । पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् ।

 

सन् १९८० को दशकयता विश्वमा ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको छ । यस्तै अत्यधिक तापक्रम मापन हुने क्षेत्रहरु पनि बढेका छन् । यसले मानिससँगै पारिस्थितिक प्रणालीमा असर गरेको छ ।

 

६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा निरन्तर बढ्दा पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् ।

 

ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ । वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले शून्य दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्