आज विश्वकर्मा पूजा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आज विश्वकर्मा पूजा

    मा प्रकाशित

असोज १, दाङ ।
आज विश्वकर्मा पूजा देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरेर मनाइँदै छ । मेसिन तथा फलामे उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग विश्वकर्मा पूजा गर्दछन् ।

प्रविधि र मेसिनरी सामग्रीहरूको पूजा गरी भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ ।

हिन्दु संस्कृति अन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्व दर्शाइएको छ ।

आज सवारीसाधन, मेसिन, कल पाटपुर्जा तथा धातुका उपकरणको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्