लुम्बिनीमा सांसदलाई पदमुक्त नगरेसम्म एमालेले संसद अवरुद्ध गर्ने – Kanika Khabar
Friday, March 29Nepali News Portal

लुम्बिनीमा सांसदलाई पदमुक्त नगरेसम्म एमालेले संसद अवरुद्ध गर्ने

    मा प्रकाशित

असोज १, दाङ ।
लुम्बिनी प्रदेशसभाको बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारवाही सुरु गरेलगत्तै एमालेका सांसदले विरोध गर्न थालेका थिए ।पार्टीले कारवाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री ओलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

निर्धारित समयभन्दा करिब पौने घण्टा ढिलो सुरू भएको बैठकको प्रारम्भमै एमाले सांसद आरती पौडेलले एमालेले कारवाहीका लागि निर्णय गरेर पठाएका दुई सांसद पदमुक्त भएको सूचना नटाँस्दासम्म सदन चल्न नदिने जनाएलगत्तै एमाले सांसदहरू उठेर रोष्टमतिर गएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्