सञ्चयकोषको परियोजना उत्पादनमूलक क्षेत्रमा लगाउन अर्थमन्त्रीको निर्देशन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सञ्चयकोषको परियोजना उत्पादनमूलक क्षेत्रमा लगाउन अर्थमन्त्रीको निर्देशन

    मा प्रकाशित

असोज १, दाङ ।
अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले लगानी योग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो । मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्य प्रणालीलाई अझै प्रविधिमैत्री बनाएर सञ्चयकर्ताहरूको लागि सजिलो वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

 

सञ्चयकोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चयकोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ । सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरूको लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुति खर्च उपलब्ध गराउँदै आएको छ भने सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख रुपैयाँ प्रदान गर्दछ ।

 

वि.सं २०१९ सालभदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्यकोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र वि.सं.२०१७मा सञ्चयकोष विभागको नाममा यो सञ्चालन गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्