चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालन

    मा प्रकाशित

असोज १, दाङ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन्।

 

खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनफ्लावार तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ तथा भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महत्व बढेको कम्पनीले बताएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्