दूर दराजमा रहेका नागरिकका लागि गाउँमै पुग्याे भिडियो एक्सरे सेवा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दूर दराजमा रहेका नागरिकका लागि गाउँमै पुग्याे भिडियो एक्सरे सेवा

    मा प्रकाशित

दिप्तिशिखा चाैधरी                                    दङ्गिशरण,असाेज,१ ।

दङ्गिशरण गाउँपालिका ६ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा भिडियाे एक्सरे सेवाकाे उद्घाटन गरिएको छ । आज शुक्रबार एक कार्यक्रमका बिच दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीले उक्त सेवाकाे उद्घाटन गर्नुभएको हाे ।       अध्यक्ष चाैधरीले रिवन काटेर भिडियाे एक्सरे सेवाकाे उद्घाटन गर्नुभएको हाे । पहिलाे पटक पश्चिम क्षेत्रमा भिडियो एक्सरे सेवा पुगेपछि दुर दराजका नागरिकहरुलाई सहज हुने भएको छ । अति विपन्न वर्ग तथा विकट वस्तीका नागरिकहरुलाइ समयमा नजिकै सेवा दिने लक्ष्य सहित स्वास्थ्य केन्द्र श्रीगाउँले साे सेवाकाे सुरुवात गरेको हाे । यसले गर्दा टाढा जानू पर्ने बाध्यता अन्त्य हुने आशा लिइएको छ । उद्घाटन कार्यक्रम स्वास्थ्य केन्द्र सञ्चालन ब्यवस्थापन समितिका अध्यक्ष एंव वडा न.६ का वडा अध्यक्ष टंक बहादुर वलीकाे अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीकाे प्रमुख आतिथ्यता तथा गाउँपालिका प्रवक्ता एंव वडा न. ७ का वडा अध्यक्ष वीर बहादुर वलीकाे विशिष्ट आतिथ्यतामा भएको हाे । अब देखि स्वास्थ्य केन्द्र श्रिगाउँ स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा स्वास्थ्य केन्द्रका डा. कृष्ण घर्ती र डा.बुद्धि कुमारी बुढा मगर बाट लिन सकिनेछ । लामाे समयपछि स्वास्थ्य केन्द्रमा भिडियाे एक्सरे सेवा ल्याउन सफल भएको श्रिगाउँ स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दाेर्ण वलीले बताउनुभयाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्