भेटिएकाे नगद तथा अन्य सामग्री सम्बन्धित व्यक्तिलाई बुझाइयाे – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भेटिएकाे नगद तथा अन्य सामग्री सम्बन्धित व्यक्तिलाई बुझाइयाे

    मा प्रकाशित

दाङ,२ असोज । दाङमा इलाका प्रहरी कार्यालय तुलसीपुरले फेला पारेको ब्याग सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । चितवन भरतपुर महानगरपालिका वडा नं.६ कृष्णपुर बस्ने भावना पौडेलको हराएको ब्याग प्रहरी हवलदार यज्ञबहादुर थापाले फेला पार्नुभएको थियो ।

चितवन घर भएकी पौडेल माईती घर तुलसीपुर ९ बेलुवा जाने क्रममा शुक्रबार पिपल चौतारमा विश्राम गर्ने क्रममा झोला विर्सेर गएपछि उक्त झोला प्रहरीले फेला पारेको थियो । झोला भित्र रहेको एक थान मोबाइल,एक थान पर्स,पाँच आनाको मंगलसुत्र नगद १६ हजार प्रहरीले शनिबार सम्बन्धित ब्यक्ति पौडेललाई बुझाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्