दाङमा आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा ३ जना महिला पक्राउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङमा आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा ३ जना महिला पक्राउ

    मा प्रकाशित

असाेज ३, दाङ ।

जबरजस्तीकरणी मुद्धा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
घोराहीका एक जना पुरुषसँग होटलमा बसेर मादक पदार्थ पिएपछि विवाद सिर्जना गरेर जबरजस्तीकरणी मुद्धा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरी आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा घोराही १५ का ३२ बर्षिया सीतादेवी थापा, ३५ बर्षिया खुमा वली र ३२ बर्षिया सुस्मा परियार रहेका छन् । पक्राउ परेकी सीतादेवी थापाले गएको असार ६ गते घरायसी समस्या परेको र सहयोग गर्नुपर्ने भन्दै ती पुरुषलाई घोराहीको कोहिनुर रेष्टुरेन्टमा बोलाई उक्त घटना गराएको प्रहरीको दावी छ ।

 

होटलमा बसेर मादक पदार्थ पिएपछि घर फर्कने क्रममा सीतादेवी खाटमा पल्टिएको र उनीहरुले बोलाएको पुरुषलाई गाली गलौज गर्दै जबरजस्तीकरणीमा मुद्धा दर्ता गर्ने भन्दै धम्की दिएको ती पुरुषले प्रहरीमा दिएको निबेदनमा उल्लेख छ ।

अर्को दिन ती पुरुषलाई फोन गरी ती महिलाहरुले पैसामा मिलाउन र यदि त्यसो नभए मुद्धा दर्ता गर्ने भने पछि प्रतिष्ठामा आँच आउने सोचले एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको चेक दिएको प्रहरीलाई बताएका छन् । पीडित भनिएका पुरुषको भने प्रहरीले नाम खुलाएको छैन् ।

ती महिलाहरुले ५० लाख रुपैयाँ माग गरेपछि ती पुरुषले आबस्यक प्रमाण सहित प्रहरीमा उजुरी गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । पक्राउ परेकाहरु बिरुद्ध अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिने प्रहरीको भनाई छ ।

उक्त कसुरमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । पत्रकार सम्मेलनमा ती महिलाहरुले भने आफुहरुलाई फसाईएको बताएका थिए । आफुहरु बिरुद्ध मुद्धा दर्ता गर्ने पुरुष नै दोषी भएको उनीहरुको भनाई छ ।

पत्रकार सम्मेलनमा प्रहरीले प्रस्तुत गरेकाे घटना विवरण                                                                             (१) मुद्धा शिर्षक:-अपराधिक लाभ (एक्सटर्सन) लिन नहुने ।
२) घटनाको विवरण:- मिति २०७८।०३।६ गतेको दिन जिल्ला दाङ घोराही उप-महानगरपालीका वडा नं.१५ बस्ने सिता देवी थापा ऐ.ऐ.बस्ने खुमा वली समेत दुई जनाले परिवर्तित नामथर भद्र बहादुर जैसीलाई फोन गरी मेरो घरायसी बिषयको मुद्धा छ तपाई कानुनको बारेमा जानेको मान्छे भनी जिल्ला दाङ घोराही उप-महानगरपालीका वडा नं.१५ स्थित रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाई सोही होटलको क्याबिन कोठामा बसी प्रतिबादीहरुले होटल साहु संग बियर मासु मागी खाई जाहेरवाला संग मुद्दाको बारेमा कुराकानी गरी जाहेरवालाले अब रात परि सक्यो घर जाने भनी भन्दा निज प्रतिबादी मध्येकी सिता देवि थापा सोही होटलको खाटमा पल्टिएपछी जाहेरवालाले खाएको पैसा तिर्न भनी होटलको काउन्टरमा गई पैसा तिरी सक्दा समेत निजहरु बाहिर ननिस्किएकोले जाहेरवाला पुन सोही कोठामा गई निजहरुलाई बोलाउदा निज सितादेवी थापाले तथानाम गाली गलौज गरी तैले मेरो ईज्जतमा हात हाल्ने तलाई अब म छोड्दैन जबरजस्ती करणीमा मुद्धा हाल्छु भन्दै वादबिवाद गरी होटलबाट निस्की हामी सबै जना आ-आफ्नो घर तर्फ गयौ र ऐ.७ गतेको दिन निज प्रतिबादी मध्येकी खुमा वलीले निबेदकलाई फोन गरी दाई सितादेवी थापाका ठुला वडा मान्छे छन मुद्धा दर्ता गर्ने कुरो गर्दैछन के गर्ने तपाईले मिलाउनु पर्छ हामी मिलाउछौ प्रहरी कार्यालयमा यो कुरा पुग्न दिदैनौ केही पैसा तपाईले दिनु पर्छ आउनु हामी सबै जना बसी छलफल गरौ भनेपछी निबेदकले यस्ता कुराले गर्दा आफ्नो मान प्रतिष्ठामा आच आउछ भनी निजहरुले बोलाएको सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लज होटलमा गई सिता देवी थापा, खुमा वली र निजहरुकै साथमा रहेकी सुषमा परियार संग भेट भई छलफल गर्दा उल्लेखित ब्यक्तिहरुले यो कुरा छिटो मिलाउनु पर्‍यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाई धाक धम्की दिई ५० लाख रुपैया दिनु पर्‍यो भनेपछी निबेदक परिवर्तित नामथर भद्र बहादुर जैसीले म संग त्यती रकम छैन भनेपछी तलाई मुद्धा नहाली छौड्दैनौ भनी धम्की दिई जाहेरवाला संग रहेको नगद रु.१ लाख तत्काल लिई बाकी रहेको १७ लाखको सिभिल बैकंको चेक लिई जबरजस्ती दस्तखत गराई अपराधिक लाभ गरेको घटना सम्बन्धमा निबेदनमा उल्लेखित सितादेवी थापा, खुमा वली र सुस्मा परियारलाई पक्राउ गरी यस कार्यालयको हिरासतमा कक्षमा राखी थप अनुसन्धान कार्य भई रहेको ।
३)पक्राउ परेको व्यक्तिको नामथर ठेगाना:-
 जिल्ला दाङ घोराही उप-महानगरपालीका वडा नं.१५ बस्ने बर्ष ३२ की सितादेवी थापा ।
 ऐ.ऐ. बस्ने बर्ष ३५ की खुमा वली ।
 ऐ.ऐ.५ बस्ने बर्ष ३२ की सुस्मा परियार ।
४)बरामद दशी प्रमाण:-
पक्राउ परेका ब्यक्तिहरु मध्ये सितादेवी थापा बस्दै आएको डेराकोठामा गई तत्काल खानतलासी गर्दा निज प्रतिबादीहरुले मिति २०७८।०३।७ गतेको दिन निबेदक (पिडित) लाई प्रहरीमा उजुरी गर्ने भनी डर धाक धम्की दिई निजबाट लिएको १७ लाखको सिभिल बैंकको चेक थान १ र नगद रु १ लाख मध्ये उक्त चेक सितादेवी थापाको डेराकोठाबाट बरामद भएको र नगद रु १ लाख निज सिता देबीले ब्याजमा लगाई सकेको भनी प्रारम्भिक अनुसन्धानबाट खुलेको ।

५) कानुनी प्रावधान:-मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक बिश्वासघात तथा अपराधिक लाभ (एकस्टर्सन) सम्बन्धि कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकोले ऐ.को उपदफा ३ (ख) बमोजिम कसैको ब्यवसायमा गैर कानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुठो दोस लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ बर्ष सम्म कैद र ३० हजार रुपैया सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्