द्वन्द्वको बेला प्रभावित महत्त गाउँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

द्वन्द्वको बेला प्रभावित महत्त गाउँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै

    मा प्रकाशित

डिल्लीराज विश्वकर्मा
असोज ३, रुकुम पूर्व ।

रुकुम पूर्वको महत गाउँ अहिले पर्यटकिय स्थलको रुपमा विकास हुदैँ गइरहेको छ । द्वन्द्वको बेला प्रभावित बनेको यो गाउँ अहिले पर्यटकिय स्थलको रुपमा बिकास हुँदै गएको हो । घना बस्ती भएको सुन्दर दश वर्षे लामो शसस्त्रयुद्धको केन्द्रमा रहेको यो गाउँमा राज्य र तत्कालिन माओवादीको तर्फबाट ठूल्लठूला भिडन्त भए थिए । २०५६ असोज ५ गते राति भएको दोहोरो भिडन्तमा परि राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ जना मारिएका थिए ।

 

माओवादीको सबैभन्दा धेरै प्रभाव परेको यो स्थानमा हाल युद्वलाइ सम्झाउनेगरि बिभिन्न स्वरुपहरु निर्माण भैरहेका वडा नम्बर ६ का वडा अध्यक्ष देवबहादुर बुढाले बताउनुभयो । महत गाउँ युद्वकालमा माओवादीको केन्द्रीय हेडक्वाटर मानिने रोल्पाको थबाङ प्रवेश गर्ने नाका पनि हो । अहिले महतगाउँलाइ युद्व स्मारिकाको रुपमा परिचित गराउन जनयुद्धका मुख्य लडाकुहरुले नमूना तयार पारेका छन् । नमूना अन्तर्गत अहिले महत चौकी आक्रमणका मुख्य कमान्डर हालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत अन्य सहायक ६ जना कमान्डरको नमूना शालिक बनाईएको छ ।

 

युद्ध र शान्तिको अध्ययन गर्न चाहनेका लागि यो गाउँलाई संगम बनाउने गरि काम भैरहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर बताउनुहुन्छ ।राज्य पुनर्संरचनासँगै महत गाउँ अहिले भूमे गाउँपालिकामा पर्छ । यो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले हालसम्म ३० लाख बजेट लगानी गरिसकेको छ । महत गाउँको प्रवेशद्वारमै शान्तिका प्रतिमूर्ति गौतम बुद्धको स्मारक पनि बनाइएको छ ।

 

 

यो क्षेत्रलाई युुद्ध पर्यटनको रुपमा विकास गर्ने योजना अनुसार काम अघी बढेपछि स्थानीय पनि खुसी भएका छन् । द्धन्दको चपेटामा परेको महत गाउँले विस्तारै मुहार फेर्दै छ । विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन । अब युद्ध र शान्ती झल्काउने संरचना बनेपछि पर्यटनको विकास हुने नागरिकको अपेक्षा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्