जखेरामा डुङ्गा सररर – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जखेरामा डुङ्गा सररर

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ३ असोज ।
विभिन्न दृश्यावलोक गर्न पर्यटकको गन्तव्य बनेको दाङ देउखुरीको जखेराताल छ । तालको छेवैमा मनमोहक हरियो वन र अग्ला अग्ला चुरे पहाड हेर्दै फुरुङग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही सेल्फी खिच्छन् ।

त्यतीमात्रै कहाँ होर, एकपटक डुङ्गामा बसेर सेल्फी नमारी त कहाँ धित मर्छ र । कोही तालको वरपर बनाइएका पार्कमा घण्टौं रमाउँछन् भने, कोही डुङ्गा सफारी गर्दै साथीहरुबीच एकापसमा पानी छ््यापाछ्याप गर्दै रमाउँछन् । कोरोना महामारीका कारण केही महिना बन्द भएको जखेराताल खुले लगत्तै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकहरुले प्रायः शनिवार विशेषगरी विदानको दिन जखेरातालको प्राकृतिक सुन्दरता नियाल्ने प्रयास गर्दछन् । जखेरातालमा दैनिक पाचसय भन्दा बआिन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले बताउनुभयो । ‘शनिबार र बिदाका समयमा भने दोब्बर नै आउँछन् । आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ ।’

No description available.

यस जखेरातालमा जिल्लासहित छिमेकी जिल्ला कपिलबस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायतका ठाउँका पर्यटकहरु आउने गरेका छन्, महासचिव लोकमणी बञ्जाडेले भन्नुभयो । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी किशोर घर्तीले घरमा बसेर दिन बिताउन कठिन हुने बताउनुहुदँै जखेरातालमा रहेको डुङ्गा सफारी गरेर रमाउदा दिन बितेको पत्तोनै नभएको बताउनुभयो । उहाँले यस जखेरातालमा बर्सेनि आउने गरेको र अन्य साथीलाई पनि डुङ्गा सफारीको स्वाँद लिनलाई आग्रह गर्ने गरेको बताउनुभयो । जखेरातालले नयाँनयाँ व्याक्तित्वबीच परिचित गर्ने मौकासमेत सिर्जना गरिदिएको छ । जखेराताल शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यसमिति सदस्य केशवराज पोख्रेलले पार्कलाई व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको जानकारी बताउनुभयो । उहाँका अनुसार लमही नगरपालिकाले जखेरातालमा पार्क निर्माण गरि पर्यटकको आकर्षणको केन्द्र बनाउन केही बजेट विनियोजन गरेको थियो ।

जखेरातालमा आउने पर्यटकलाई मध्येनजर गर्दै नजिकै रेष्टुराँसमेत सञ्चालन गर्न थालेका छन् । जखेराताल थप व्यवस्थित भएमा पर्यटकको आकर्षण हुनसके पर्यटक आएमा व्यापार व्यवसायसमेत हुनेहुँदा स्थानीयवासीलाई आयआर्जनको पाटोसमेत हुने स्थानीयवासी विएम बस्नेतको भनाई छ । स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम जखेरातालमा तालमा तीनवटा डुंगा सञ्चालन गरिएको हो । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले एक कार्यक्रमका बिच डुंगा सन्चालनको उद्घाटन गर्नुभएको थियो । जखेराताल लमही नगरपालिका वडा नं।३ मा पर्दछ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत श्रीगाउँबाट करिब डेढ किलोमिटर उत्तरमा पर्ने यो ताललाई जनप्रतिनिधि चुनिएपछि व्यवस्थित बनाउने काम जारी छ । नेपाल शहरी सासकिय पूर्वाधार साझेदारी विकास आयोजना संघिय अनुदान मार्फत बिसलाख बजेट मार्फत पार्क बनाउने काम भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्