लमही बजार व्यवस्थित गर्न फिल्डमा उत्रियो ‘दे.उ.ब.स’ ‘निसानामा नाला बाहिर सामान राख्ने व्यापारी’ – Kanika Khabar
Saturday, December 10Nepali News Portal

लमही बजार व्यवस्थित गर्न फिल्डमा उत्रियो ‘दे.उ.ब.स’ ‘निसानामा नाला बाहिर सामान राख्ने व्यापारी’

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ४ असोज।
देउखुरी उद्योग बाणिज्य संघ लमहीले नालाभन्दा बाहिर अस्थायी रुपमा विभिन्न टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका लमही बजारका व्यवसायीलाई स्थान खाली गर्न निर्देशन दिएको छ । संघका अध्यक्ष खगेश्वर खनालको नेतृत्वमा आईतवार बजारमा उत्रिएका सम्पूर्ण टोलीले स्थलगत अनुगमन एवम् निरिक्षण गर्दै टहरा हटाउन निर्देशन दिएको थियो । उक्त स्थानमा व्यापारीहरुले विगत वर्षदेखि अस्थायी टहरा निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएको छन् । नालाभन्दा बाहिर अस्थायी रुपमा पसल संचालन गरिएको कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखि लिएर बजार कुरुप बनेपछि देउखुरी उद्योग बाणिज्य संघ लमहीले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको अध्यक्ष खगेश्वर खनालले बताउनुभयो ।
नाला भन्दा वाहिर सामान राख्नेहरु, सडक किनारमा ठेला व्यवसाय गर्नेहरुलाई आफ्नो ब्यवसायलाई निश्चित ठाउँमा राख्न अनुरोध गरेका थियौं । कतिले पालना गर्नु भयो तर, केहिले अटेर गरेपछी सडकमै उत्रनु परेको हो, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले भन्नुभयो,—। ‘बजार वासी नै आफ्नो बजार सुधार गर्न अघि नसर्दा सम्म हामी पछीको पछी हुन्छौं ।’ लमही बजार दिनप्रतिदिन व्यवसाय तथा बैंक एवम् वित्तिय संस्था पहिलेको तुलनामा पपिदै गएको छ । उपभोक्ताको चहलपहल बजारमा वढ्दै जाँदा सडक साँघुरो हुने गरी गरिएका सडक व्यापारले उपभोक्तालाई असर गरेको छ, संघका उपाध्यक्ष केशवराज पोख्रेलले भन्नुभयो,—। ‘सडकको क्षेत्र मिचेर वनाइएका संरचनालाई हटाउदै फराकिलो सडक वनाउन जरुरी छ । सुरुमा कैसको चित्त दुख्न सक्छ तर, भविस्यमा यसले राम्रो फाईदा पु¥याउछ ।’
व्यवसायीहरुले आफूहरुको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन् । साथै, बजारका सम्पूर्ण व्यवसायीलाई समान व्यवहार गर्न उनीहरुले देउखुरी उद्योग बाणिज्य संघ लमहीलाई आग्रह गरेका छन् । नगरपालिकाले छलफल नै नगरी केही महिना अगाडि सूचना नै नसनकाली टहर हटाउन गरेको निर्णयले आफूहरुको रोजीरोटी गुम्ने स्थानीय व्यापारीहरुले बताउछन् । त्यतीमात्रै नभइ नगरपालिकाले आफुखुसि आफूहरुको टहर हटाएर व्यवसाय बन्द गर्ने हो भने झन्डै एक हजारजनाको दैनिकी नै संकटमा पर्ने भन्दै दुखेसो पोखे । देउखुरी उद्योग बाणिज्य संघ लमहीले व्यवस्थित गरे आफूहरु राज्यको नियम अनुसार व्यवसाय गर्न तयार रहेको बताउछन् ।
छिटै नगरमा छाडा चौपायालाई व्यवस्थापन अभियान सञ्चालनको तयारी गर्न लागेको देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले बताउनुभयो । उहाँले बजारमा देखिएका छाडा चौपायालाई नियन्त्रणमा लिएर व्यवस्थापन गर्ने जानकारी दिनुहुदैँ, छाडा चौपायाका कारण सडक दुर्घटना बढेकाले उनीहरुको उचीत व्यवस्थापन गर्नुपरेको उनको भनाई छ । आइतवार संघका अध्यक्ष खगेश्वर खनाललको नेतृत्वमा संघका सम्पूर्ण टिम, वडा प्रहरी कार्यालय लमही, पत्रकार, सरोकारवालाहरुले बजारको स्थलगत अनुगमन एवम् निरिक्षण गर्दै व्यवस्थित तवरले व्यापार संचालन गर्न निर्देशन दिएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्