गाउँमै इम्पलान्ट शिविर, ४७ जना महिलाले राखे इम्प्लान्ट – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गाउँमै इम्पलान्ट शिविर, ४७ जना महिलाले राखे इम्प्लान्ट

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ४ असोज ।
जन्मान्तर कायम राख्न चाहाने महिलाहरुका लागि एकदिने इम्पलान्ट शिविर संचालन गरिएको छ । दाङ देउखुरी गढवा गाउँपालिकाको आयोजना एवम् आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवाको आर्थिक सहयोग तथा सहकार्यमा आठौ राष्ट्रिय परिवार योजना दिवसको अवसरमा संचालन गरिएको इम्पलाण्ट शिविरबाट गढवा गाउँपालिका वडा नम्बर १ को गोबरढिया स्वास्थ्य चौकीबाट १७ र सामुदायिक स्वास्थ्य इकाई कालाकाटेबाट ३० जना महिलाले इम्पलाण्ट राखेका छन् भने दुईजना महिलाले पिल्स चक्की प्राप्त गरेका छन् । गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले महिलाहरुका लागि आयोजना गरेको इम्प्लाण्ट शिविरमा गोबरडिहा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई कालाकाटेबाट जम्मा ४७ महिलाले इम्पलाण्ट राखेका हुन् ।
“कोभिड १९ को महामारी परिवार योजना सेवामा सबैको बराबरी“ भन्ने मूल नाराका साथ आठौँ राष्ट्रिय योजना दिवसको अवसरमा आयोजित शिबिरबाट ति महिलाहरुले सेवा लिएको आम्दा नेपाल मातृशिशु परियोजना प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिनुभयो । उहाँले अघिल्लो वर्ष कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिने अभियान अन्तरगत सचेतना सम्बन्धी प्रचारप्रसार मात्र गरेका थियौं, योवर्ष कोरोना कहर सामान्य बन्दै गएकोले स्थानिय पालिकाले आयोजना गरेको कार्यक्रममा प्राविधिक सेवा प्रदान गरि सेवा दिएका हौँ, रुचालले भन्नुभयो । आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवाको आर्थिक सहयोग तथा सहकार्यमा गढवा गाउँपालिका अन्तरगत कालाकाटे र गोबरडिहा स्वास्थ्य चौकीमा शिबिर संचालन भएको हो । गाउँ घर बाटै सेवा लिन पाउँदा महिलाहरु खुशी भएका छन् ।
गाउँठाउँमै आएर सेवा दिएको प्रति आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना प्रति धन्यवाद दिदैँ परिवार नियोजनको यस प्रकारको सेवा प्रवाहाले सन्तानको इच्छा भएका र पुरा भएका दुबैलाई फाइदा पुग्ने गढवा गाउँपालिकाका प्रवक्ता बावुराम अधिकारीले बताउनुभयो । साथै उहाँले यस्तै खालको शिविरलाई विभिन्न ठाउँमा निरन्तरता दिन समेत आग्रह गर्नुभयो । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारणले परिवार नियोजन सेवा लिनबाट बञ्चित भएका सेवाग्राहीले परिवार नियोजनको सेवा घरदैलोमै पाएपछि खुशी भएका छन् । बन्दाबन्दीका कारण सेवा लिन जान नपाएका महिला दिदिबहिनिहरुले आफ्नै गाउँठाउँमा सेवा लिन पाउँदा खुसि व्यक्त गर्दै, सेवाग्राहीहरुले आफ्नै वडामा रहेको स्वास्थ्य चौकीबाट परिवार नियोजन सम्बन्धी सेवा लिन पाउँदा हर्षित भएको गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी पावती परियारले बताउनुभयो ।।
केहो इम्प्लाण्ट ?
इम्प्लाण्ट महिलाको पाखुराको छालामुनी तालिम प्राप्त स्वास्थ्यकर्मीबाट राख्न र झिक्न सकिने परिवार नियोजन अस्थायी साधन हो । यो एकपटक लगाएपछि ५ वर्षसम्म काम गर्छ । सन्तानको रहर भएमा झिकेपछि गर्भधारण गर्न सकिन्छ । यो प्रभावकारी र सुरक्षित छ । इम्प्लाण्ट झिकिसकेपछि २/३ दिनभित्रै महिलाको प्रजनन क्षमता पहिलेकै अवस्थामा फर्किन्छ । सुत्केरी भएको ४५ दिनमा राख्न सकिन्छ साथै स्तनपान गराई रहेकी महिलालाई पनि उपयोगी हुन्छ । यो विधि पहिलो बच्चा ढिला पाउन चाहने, लामो समय जन्मान्तर गर्न चाहने र बच्चाको रहर पुगिसकेका दम्पतिहरुको प्रयोग गर्न सक्छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्