आजबाट राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट नयाँ नोट साट्न पाइने – Kanika Khabar
Friday, March 29Nepali News Portal

आजबाट राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट नयाँ नोट साट्न पाइने

    मा प्रकाशित

असोज ४, दाङ ।
नेपाल राष्ट्र बैँकले आजबाट नयाँ नोट साट्न पाउने व्यवस्था गरेको जनाएको छ । एक जना व्यक्ति बराबर १८ हजार ५ सय रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको बैँकको भनाइ छ ।

करिब १५ अर्बसम्म ५ रुपैयाँदेखि १ सय रुपैयाँसम्मका नयाँ नोट साटिने राष्ट्र बैङ्कले अनुमान गरेको छ भने यस वर्ष सर्वसाधरणलाई ३० देखि ३५ अर्बको हाराहारीमा नयाँ नोट वितरण गरिनेछ ।

सर्वसाधारणलाई वितरण गर्न वाणिज्य बैङकहरूले ४ अर्ब रुपैयाँको नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनुभयो । राष्ट्र बैङ्कले बालुवाटार कार्यालय र ७ वटै प्रदेशका प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण गने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्