नेपाली काँग्रेसका ७ जिल्लाको वडा अधिवेशन आज हुँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपाली काँग्रेसका ७ जिल्लाको वडा अधिवेशन आज हुँदै

    मा प्रकाशित

असोज ५, दाङ ।
काठमाडौँसहित विभिन्न सात जिल्लाको नेपाली काँग्रेस पार्टीको वडा अधिवेशन आज हुँदैछ । काठमाडौसँगै मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुराको वडा तहको अधिवेशन आज हुन लागेको निर्वाचन समितिले जनाएको छ । क्रियाशील सदस्यता बारेको विवाद नटुङिगएका कारण यी जिल्लाको वडा अधिवेशन हुन सकेको थिएन ।

काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाका अनुसार संशोधित कार्यतालिका अनुसार ७ जिल्लाको अधिवेशन आज हुन लागेको हो।प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको क्रियाशील सदस्यता बारेको विवाद भने अझैँ समाधान हुन सकेको छैन । यही असोज ९ गतेको लागि तोकिएको गाउँ÷नगर अधिवेशन अघि वडा अधिवेशन सक्नैपर्ने वाध्यता काँग्रेसलाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्