चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु, तीन जना घाइते – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु, तीन जना घाइते

    मा प्रकाशित

रोशन तिवारी
असोज ५, पर्वत ।
बागलुङको जैमिनी नगरपालिका ७ जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । हिजो साँझ ६ बजेतिर परेको चट्याङ लागेर स्थानीय ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको छ ।

जैमिनीका नगर उपप्रमुख लिला रानाका अनुसार सार्कीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर १८ वर्षिया विपना नेपाली, ५७ वर्षिय लालबहादुर नेपाली र ६० वर्षीय शहबिरे नेपाली घाइते हुनुभएको छ ।

घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अवस्था सामान्य भएको छ । चट्याङ लागेर एउटा भैँसी पनि मरेको उपप्रमुख रानाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्