विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४७ लाख नाघ्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४७ लाख नाघ्यो

    मा प्रकाशित

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४७ लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ५ हजार १ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङख्या ४७ लाख ११हजार १ सय ९४ पुगेको छ । यस्तै कोरोनाका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या २३ करोड नजिक पुगेको छ ।

 

गत २४ घन्टामा विश्वभर ३ लाख ९४ हजार ४ सय ४८ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २२ करोड ९७ लाख ९५ हजार ४ सय ३ पुगेको छ । गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये ४ लाख ९० हजार ६ सय ९९ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या २० करोड ६४ लाख ३४ हजार १ सय ६८ पुगेको छ ।हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ८६ लाख ४८ हजार २ सय ९२ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्