एएफसी महिला एसियन कप–२०२२ छनोटमा आज नेपाल र हङकङ खेल्दै – Kanika Khabar
Friday, March 29Nepali News Portal

एएफसी महिला एसियन कप–२०२२ छनोटमा आज नेपाल र हङकङ खेल्दै

    मा प्रकाशित

एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ।उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छन्। फिलिपिन्सविरुद्धको हारसँगै नेपाल दबाबमा रहेको छ। छनोटको आशा कायम राख्न नेपाललाई जित्नै पर्ने हुन्छ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रअरी ६ सम्म हुनेछ ।बलियो टिम हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन। हङकङविरुद्धको हेड टु हेडमा समेत नेपाल कमजोर रहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्